close

कृत्रिम गर्भाधानको लागि प्रस्ताव पेश गर्न अनुरोध

कृत्रिम गर्भाधानको लागि प्रस्ताव पेश गर्न अनुरोध

Trulli
ADVERTISEMENT

सिराहा । कल्याणपुर नगरपालिकाले प्रस्ताव पेश गर्न अनुरोध गरेको  छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्रस्ताव पेश गर्न अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप प्रस्ताव पेश गर्न अनुरोध गरेको हो । नगरपालिकाले पशुपन्छि तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि २०७९ बमोजिम कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाले कृत्रिम गर्भाधान मिशन कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रमको लागि नगरपालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

कार्यक्रममा सहभागी हुन चाहने स्थानीय कृषि फार्म, समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।