close

तरकारी खेतीका लागि अनुदानमा प्रविधि उपलब्ध गराउँदै नौकुण्ड

तरकारी खेतीका लागि अनुदानमा प्रविधि उपलब्ध गराउँदै नौकुण्ड

Trulli
ADVERTISEMENT

रसुवा। नौकुण्ड गाउँपालिकाले महिलालाई ७५ प्रतिशत अनुदानमा तरकारी खेतीका लागि प्रविधि उपलब्ध गराउने भएको छ। गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै महिला उद्यमीलाई आधुनिक तरकारी खेतीका लागि प्रविधि उपलब्ध गराउने जनाएको हो। 

गाउँपालिकाको अनुसार आवेदन पेश गरेका महिलालाई प्लास्टिक टनेल र फलामको पोल उपलब्ध गराइने छ। गाउँपालिकाको अनुदान कार्यक्रममा सहभागिता जनाउन इच्छुक महिला उद्यमीले गाउँपालिकाको महिला विकास शाखामा गई जेठ १५ गतेभित्र आवेदन पेश गर्न सक्नेछन्। तोकिएको आवश्यक कागजातसहित आवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ।