close

मंगलामा कक्षा ११ र १२ का लागि विषयविज्ञ शिक्षक माग

मंगलामा कक्षा ११ र १२ का लागि विषयविज्ञ शिक्षक माग

Trulli
ADVERTISEMENT

म्याग्दी – मंगला गाउँपालिकाले विषयविज्ञ शिषकका लागि आवेदन माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कक्षा ११ र १२ का लागि शिक्षक माग गरेको हो । 


सूचनाका अनुसार गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा स्थायी पदपुर्ति नभएका  शिक्षक माग गरेको जनाएको हो।  आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत रिक्त पदमा योग्यता पुगेका तथा अनुभव भएका इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कार्यालयमा दरखास्त पेश गर्न सक्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, अध्यापन अनुमतिपत्रको प्रमाणित प्रतिलिपि, स्थायी नियुक्ति पत्रको प्रतिलिपि, शिक्षक सेवा आयोगद्धारा प्रकाशित पछिल्लो पाठ्यक्रम बमोजिम सम्बन्धित तह र विषयको नमूना प्रश्न पत्र र तिनको उत्तर कुञ्जिकाको खाम बन्दी १ र सो को सफ्ट कपी पेश गर्नुपर्ने छ ।