close

सामाजिक सुरक्षाभत्ता परिचय पत्र नवीकरण नगर्ने ३२ जनाको नामावली प्रकाशन

सामाजिक सुरक्षाभत्ता परिचय पत्र नवीकरण नगर्ने ३२ जनाको नामावली प्रकाशन

Trulli
ADVERTISEMENT

काठमाडौं- गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ ले सामाजिक सुरक्षाभत्ता परिचयपत्र नवीकरण नगर्नेहरुको नाम प्रकाशन गर्दै अन्तिम पटक वडामा सम्पर्क गर्न आग्रह गरेको छ । 

आज वडा कार्यालयले एक सूचना जारी गर्दै २ दलित बालबालिका, ५ एकल महिला र २५ वृद्धवृद्धालाई वडामा आई आफ्नो परिचयपत्र नवीकरण गर्न आग्रह गरेको हो । 

वडा कार्यालयको सूचना अनुसार पटक पटक सूचना र फोनसमेत गरिएको छ । गोकर्णेश्वर नगरपालिका-९ का अनुसार भदौं मसान्तसम्म नवीकरण नगरेमा सामाजिक सुरक्षाभत्ता कट्टा हुने र जसका लागि भत्ता लिने स्वयम् जिम्मेवार हुनुपर्नेछ ।