close

कला र संस्कृति संरक्षण गर्न भक्तपुरमा लघु वृत्तचित्र प्रतियोगिता

कला र संस्कृति संरक्षण गर्न भक्तपुरमा लघु वृत्तचित्र प्रतियोगिता

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले लघु वृत्तचित्र प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले नगरभित्रको कला र संस्कृति संरक्षण गर्नका लागि लघुवित्त प्रतियोगिता गर्न लागेको हो ।

नगरपालिकाले स्थानीय मौलिक पहिचान झल्किने कला, साहित्य, संस्कृति, शिक्षा, स्वास्थ्यका विषयमा लघु वृत्तचित्र प्रतियोगिता गर्ने जनाएको छ । प्रतियोगितामा सहभागि हुन चाहने इच्छुक स्थानीय बासिन्दाले आगामी  असोज ३ गतेभित्र नगरपालिकाकाे प्रशासन कार्यालयमा लघु वृत्तचित्र बुझाउन सक्ने छन् । 

भक्तपुरको मौलिक पहिचान झल्किने लघु वृत्तचित्र हुनुपर्ने, वृत्तचित्रको समयावधि ५ मिनेटसम्मको हुनुपर्ने, नेपाली वा अङ्ग्रेजी वा नेवारी भाषामा र क्याप्सन अङ्ग्रेजी भाषामा हुनुपर्ने  नगरपालिकाले जनाएको छ । नगरपालिकाको प्रशासन कार्यालयमा बुझाएका वृत्तचित्रलाई छान्ने अधिकार पालिकालाई हुने छ ।  

छनौटमा परेको उत्कृष्ट वृत्तचित्रको प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार २० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार करबाहेक रहने जनाएको छ ।