close

असोज २ गते सार्वजनिक बिदा

असोज २ गते सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

 मोरङ – ग्रामथाम गाउँपालिकाले असोज २ गते सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गणेश चतुर्थी पर्वको दिन सार्वजनिक बिदा दिने जनाएको हो ।

गणेश चतुर्थी (चरचन्ना) पर्व गाउँपालिका क्षेत्रभित्र मनाउने भएकोले स्थानीय पर्व विदा दिएको जनाएको छ ।

सो दिन गाउँपालिकामातहतका  कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य चौकी लगायतका संघसंस्था बन्द हुने सो सूचनामा उल्लेख गरिएको छ ।