close

म्यागङकोे खानेपानी मुहान दर्ता दाबी बिरोध सम्बन्धि ३५ दिने सूचना

म्यागङकोे खानेपानी मुहान दर्ता दाबी बिरोध सम्बन्धि ३५ दिने सूचना

Trulli
ADVERTISEMENT

नुवाकोट – म्यागङ गाउँपालिकाले खानेपानी मुहान दर्ता गर्नका लागि दाबी विरोध गर्न अनुरोध गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ मा म्याम्युङ खानेपानी मुहान दर्ता गर्नको लागि ३५ दिने सूचना जारी गरेको हो । 

सूचनाका अनुसार गाउँपालिकाको वडा नम्बर ४ म्युकाग्युङ वा म्याम्युङ खानेपानी मुहान दर्ताका लागि श्री न्यु छापागाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गंगा तामाङले निवेदन दिएको र सो दर्ता गर्ने सम्बन्ध तथा उपभोक्ता समितिको नाम सम्बन्धमा  स्थानीय बासिन्दालाई कुनै हानी नोक्सानी वा व्यवधान हुने भएमा दाबी विरोध गर्न अनुरोध गरेको हो । 

खानेपानी मुहान दर्तामार्फत स्थानीय बासिन्दालाई असर पर्ने भएमा सूचना प्रकासित भएको ३५ दिनभित्र माग दाबी गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।