close

संविधान दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता

संविधान दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता

Trulli
ADVERTISEMENT

नवलपरासी– पाल्हीनन्दन गाउँपालिकाले हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।  गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै संविधान दिवसको अवसरमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको हो ।

सूचनाका अनुसार गाउँपालिकाअन्तर्गत सबै सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको हो । गाउँपालिकाले असोज ४ गते वडा नम्बर १ स्थितपाल्हीनन्दनस्थित श्री बाल शिक्षा निकेतन माध्यमिक विद्यालयमा  प्रतियोगिता हुने जनाइएको छ । 

विद्यालयले कम्तीमा १ जना छात्रासहित ३ जना विद्यार्थी सहभागी गराउने, सहभागीले विद्यालयको सिफारिस पत्र पेस गर्नुपर्ने पालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश: ६ हजार, पाँच हजार र चार हजार रुपैयाँ पुरस्कार वितरण गर्ने जनाइएको छ ।