close

दमार आधारभूत विद्यालयमा शिक्षक आवश्यकता

दमार आधारभूत विद्यालयमा शिक्षक आवश्यकता

Trulli
ADVERTISEMENT

चितवन – माडी नगरपालिकाले करार सेवामा शिक्षक माग गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै प्राथमिक तह तृतीय श्रेणीको शिक्षक माग गरेको हो ।

माडी नगरपालिका वडा नम्बर ९ स्थित दमार आधारभूत विद्यालय सिरुदमारमा प्राथमिक तह तृतीय श्रेणी पदका लागि शिक्षक माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित मितिले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन नगरपालिकाले जनाएको छ ।

न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा लब्धांक पत्रको प्रतिलिपि, अध्यापन अनुमतिपत्रको प्रतिलिपि र नेपाली नागरिकको प्रमाणपत्रको प्रतिलिपि  १/१ प्रति हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति, आवेदन दिने अन्तिम म्यादसम्म १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।