close

कावासोतीका कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ

कावासोतीका कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ

Trulli
ADVERTISEMENT

नवलपरासी– कावासोती नगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय कृषकलाई अनुदानमा गहुँको उन्नत बीउ वितरण गर्ने जनाएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारले उपलब्ध गराएको खाद्यन्न बालीको उन्नत बीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान दिन लागेको नगरपालिकाले जनाएको छ । कार्यक्रममार्फत् सुचिकृत गहुँको उन्नत बीउ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले पालिका खबरलाई बताए ।

उनका अनुसार अनुदानमा बीउ पाउन इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी, कृषि फर्महरुले असोज २२ गतेभित्रमा आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा आवेदन दिन सकिने छ ।

नगरपालिकासँग कृषकले विजय, वाणगंगा, गौतम, बिएल ४३४१, आदित्य, जिङक गहुँ १ जिङ गहुँ २, बोर्लोग २०२० जातका  गहुँको बीउ माग गर्न सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।