close

५० प्रतिशत अनुदानमा तिते फापर, कसरी दिने आवेदन ?

५० प्रतिशत अनुदानमा तिते फापर, कसरी दिने आवेदन ?

Trulli
ADVERTISEMENT

गुल्मी– रुरुक्षेत्र गाउँपालिकाले अनुदानमा तिते फापरको बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा तिते फापरको बीउ वितरण गर्ने जनाएको हो  ।

आर्थिक वर्ष २०८०/o८१ को वार्षिक स्वीकृतअनुसार रुरुक्षेत्र गाउँपालिकामा स्थानीय बाली प्रर्वद्धन अन्तर्गत ५० प्रतिशत अनुदानमा तिते फापर वितरण गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

इच्छुक कृषक र फर्म र सहकारी र समुहले सूचना प्रकाशित मितिले ७ दिनभित्रमा आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालय वा कृषि विकास शाखामा आवेदन दिन सकिने जनाएको छ ।