close

करारमा १० जना कर्मचारी माग

करारमा १० जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

तनहुँ– भानु नगरपालिकाले करारमा १० कर्मचारी माग गरेको छ । नगरपालिकाको कृषि विकास शाखा, स्वास्थ्य शाखा र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सेवा करारमा कर्मचारी माग गरेको सूचानामार्फत जनाएको छ । 

कृषि स्नातक अधिकृतस्तर छैठौँमा १ जना, प्राविधिक सहायक (प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ) सहायक पाँचौँमा १ जना, रोजगार सहायक (प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ) सहायक पाँचौँमा १ जना, अहेव सहायक चौथौमा ४ जना, अनमी सहायक चौथोमा १ जना, ल्याब असिष्टेन्ट सहायक चौँथोमा एक जना, डार्क रुम असिष्टेन सहायक चौथोमा १ जना गरी १० जना माग गरेको हो ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले १५ दिनभित्र अधिकृतको लागि एक हजार र सहायक स्तरको लागि ५०० रुपैयाँ दस्तुरसहित आवेदन दिन सकिने नगरपालिकाले सूचित गरेको छ ।