close

अनुदानमा गहुँकाे बीउ, माग गर्न आठबिसकाेटकाे अनुराेध

अनुदानमा गहुँकाे बीउ, माग गर्न आठबिसकाेटकाे अनुराेध

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - आठबिसकोट नगरपालिकाले किसानलाई अनुदानमा गहुँको उन्नत र मुल बीउ वितरण गर्ने भएको छ । 

नगरपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण गर्न लागेको हो । 

पालिका भित्रका ईच्छुक कृषि फर्म, कृषक समूह र कृषकले आवेदन दिन नगरपालिकाले एक सूचना  मार्फत जानकारी दिएको छ । ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्दा कृषकले गहुँको प्रतिकेजी ३० रुपैयाँ र उन्नत बीउ प्रतिकेजी २५ रुपैयाँमा वितरण हुने कृषि सेवा केन्द्रका अधिकृत मनोज खत्रीले  जानकारी दिए । 

गहुँको सिजनको समयमा कृषक ठगिने, बीउ खरिदमा कृषकलाई समस्या हुने भएपछि पालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराउन लागेको अधिकृत खत्रीले बताए ।