close

भोलिदेखि ७ दिने घुम्ती शिविर हुँदै

भोलिदेखि ७ दिने घुम्ती शिविर हुँदै

Trulli
ADVERTISEMENT

पाल्पा- रैनादेवी छहरा गाउँपालिकाले असोज २१ गते (भोलि)देखि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । वडा स्तरमै गएर जनतालाई सेवा दिने उद्देश्यले पालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागेको हो । 

गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईका अनुसार शिविरमा योजना सम्झौता, घटना दर्ता, अपाङ्गता परिचयपत्र वितरण, नि:शुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नवीकरणलगायतका कार्यक्रमहरू गरिनेछ ।

पालिकाले यस वर्ष असोज मसान्तभित्रै योजनाहरूको सम्झौता गरेर समयमै फरफारक हुने गरी काम गर्ने योजना बनाएको उपाध्यक्ष युवराज थापाले बताए । शिविर वडा नं १ को सिद्धेश्वरबाट भोलि सुरु भई ३० गते वडा नं ८ को सत्यवतीमा पुगेर समाप्त हुने गाउँपालिकाले जनाएको छ ।