close

राजस्व फिर्ता माग्न गाउँपालिकाको अनुरोध

राजस्व फिर्ता माग्न गाउँपालिकाको अनुरोध

Trulli
ADVERTISEMENT

रुपन्देही - शुद्धाेधन गाउँपालिकाले कर्मचारी भर्ना कार्यक्रमलाई रद्द गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै करार कर्मचारी भर्ना कार्यक्रमलाई रद्द गरेको जनाइएको हो  । 

सो सूचनाका अनुसार गाउँपालिकाले गत पुस ५ गते करार कर्मचारीको लागि आवेदन माग गरेको थियो । गाउँपालिकाले इन्जिनियर, सब इन्जिनियर, अमिन, कम्प्युटर सहायक तथा कार्यालय सहयोगीमा कर्मचारी माग गरेको थियो ।  तर गत चैत १ गते बसेको कार्यपालिका बैठकले सो कार्यक्रम रद्द गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले जनाएका छन् । 

कार्यक्रम रद्द गरेसँगै आवेदक दिएका व्यक्तिहरुको राजस्व फिर्ता गरिने गाउँपालिकाले जनाएको छ । राजस्व फिर्ताका लागि गाउँ कार्यपालिकाले दिएको प्रवेश पत्र, सम्बन्धित व्यक्तिको बैंकको चेक र राजस्व फिर्तासम्बन्धि निवेदन पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जनाएको छ ।