close

पकेट विकास कार्यक्रम सञ्चालन गर्दै निस्दी

पकेट विकास कार्यक्रम सञ्चालन गर्दै निस्दी

Trulli
ADVERTISEMENT

पाल्पा - निस्दी गाउँपालिकाले पकेट विकास कार्यक्रम तथा अध्यक्ष गरिब लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालका अनुसार ७५ प्रतिशत अनुदानमा पकेट विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रमको लागि गाउँपालिकाले सात लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई सुनाए । सो बजेटबाट सात वटा पकेट कार्यक्रम सञ्चालन हुनेछ । 

उनका अनुसार अध्यक्ष लक्षित कार्यक्रमको लागि गाउँपालिकाले सात लाखमा ३५ वटा कार्यक्रम सञ्चालन गर्ने छ । दुबै कार्यक्रमबाट रोजगारी सृजनाको लागि सहयोग मिल्ने गाउँपालिकाको विश्वास छ । कार्यक्रममा सहभागी हुन चाहने स्थानीय बासिन्दाले कात्र्तिक १२ गतेभित्र आवश्यक कागजातसहित पालिकामा आवेदन दिन सक्ने छन् ।