close

७५ प्रतिशत अनुदानमा घाँस र भिटामिन वितरण गर्दै सिद्धार्थनगर

७५ प्रतिशत अनुदानमा घाँस र भिटामिन वितरण गर्दै सिद्धार्थनगर

Trulli
ADVERTISEMENT

रुपन्देही - सिद्धार्थनगर नगरपालिकाले ७५ प्रतिशत अनुदानको हिउँदे घाँसको बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी चालू आर्थिक वर्षको स्वीकृत कायक्रम अनुरुप घाँसको बीउ वितरण गर्ने जनाएको हो । 

सूचनाका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा बर्सिम, जैं, मलाई (दुग्ध) घाँस तथा ७५ प्रतिशत अनुदानमा मिनिरल सप्लीमेन्ट र भिटामिन वितरण गर्ने छ । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने छन् । 

कात्र्तिक १५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । निर्धारित मिति नाघि आवेदन दिएमा स्वीकृत नहुने सो सूचनामा उल्लेख गरिएको छ ।