close

रैथाने बाली संरक्षण गर्दै आँधिखोला

रैथाने बाली संरक्षण गर्दै आँधिखोला

Trulli
ADVERTISEMENT

स्याङ्जा - आँधिखोला गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन तथा संरक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको सूचनाका अनुुसार सो कार्यक्रममा सहभागी हुन चाहने कृषि फार्म, सहकारी तथा कृषकले आवेदन दिन सक्ने छन् । सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । 

लिजमा लिएको जग्गाको १० वर्षसम्मको करार सम्झौताको प्रतिलिपी, संस्था दर्ता नविकरण कागजातको प्रतिलिपी, लेखापरिक्षणको प्रतिलिपी, वडाको सिफारिस तथा निवेदनसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।