close

मौरी प्रवर्द्धन र दूध उत्पादनमा ५० प्रतिशत अनुदान

मौरी प्रवर्द्धन र दूध उत्पादनमा ५० प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीदरबार गाउँपालिकाले कृषि तथा पशुपन्छी कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीका अनुसार  पालिकाले ५० प्रतिशत अनुदानमा आधारित कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले मौरी प्रवर्द्धन कार्यक्रम, एक वडा एक नर्सरी कार्यक्रम, दूध उत्पादनमा आधारित अनुदान कार्यक्रम, कुखुरापालन कार्यक्रम सञ्चालन गर्न लागेको उनले जनाएका छन् । 

कार्यक्रममा सहभागी हुनका लागि स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । आगामी मंसिर ६ गतेभित्र आवेदन दिने संघ संस्थालाई छनौट गरी कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।