close

खाद्य सुरक्षाका लागि मकैबाली प्रवर्द्धन कार्यक्रम

खाद्य सुरक्षाका लागि मकैबाली प्रवर्द्धन कार्यक्रम

Trulli
ADVERTISEMENT

बारा– महागढीमाई नगरपालिकाले मकैबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै मकैबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने जनाएकाे हाे ।

चालू आर्थिक वर्ष २०८०/०८१ मा राष्ट्रिय खाद्य सुरक्षा मिसनको सर्शत कार्यक्रम कृषितर्फको मकैबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । नगरपालिका क्षेत्रभित्र मकैबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नगरपालिकालका अनुसार इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र संघसंस्थाले आवश्यक कागजातसहित १५ दिनभित्रमा नगरपालिकाको कृषि शाखामा आवेदन दिन सकिने जनाएको छ ।