close

महिलालाई नि:शुल्क लोकसेवा कक्षा

महिलालाई नि:शुल्क लोकसेवा कक्षा

Trulli
ADVERTISEMENT

बझाङ– जयपृथ्वी नगरपालिकाले नि:शुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै महिलाका लागि नि:शुल्क लोकसेवा कक्षा सञ्चालन गर्न लागेको हो ।

नगरपालिका महिला विकास समितिको आयोजनामा नगरभित्रका महिलाका लागि ३५ दिने नायव सुब्बा सहायकस्तर पाचौँ तथा खरिदार सहायकस्तर चौथौ तहको नि:शुल्क कक्षा सञ्चालन हुने भएको नगरपालिको सूचनामा उल्लेख छ । 

इच्छुकले मंसिर ८ गते कार्यालय समयभित्र आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।