close

खाद्य प्रणाली रुपान्तरणका लागि कार्यक्रम माग गर्न बागमती सरकारको अनुरोध

खाद्य प्रणाली रुपान्तरणका लागि कार्यक्रम माग गर्न बागमती सरकारको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौँ– बागमती प्रदेश सरकारले जिविकोपार्जन सहयोग कार्यक्रम सञ्चालनको लागि आवेदन आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य प्रणाली रुपान्तरणको मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम सञ्चालनको लागि आवेदन आह्वान गरेको हो ।

कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्न आवेदन पेश गर्न आह्वान गरेको एक सूचनामा उल्लेख गरिएको छ । सो कार्यक्रम सञ्चालनको लागि  केन्द्रले कुल कार्यक्रम तिस लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ । 

नुवाकोट र रसुवा जिल्लाका इच्छुक स्थानीय बासिन्दाले सूचना प्रकासित भएको २१ दिनभित्रमा अनुसूची ३ अनुसारको आवेदन दिन सक्ने जनाइएको छ ।  सम्बन्धित संथाको दर्ता, कर चुक्ता र प्यान, भ्याट दर्ता र  नागरिकताको प्रमाणित प्रतिलिपिलगायत कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।