close

५० प्रतिशत अनुदानमा गहुँकाे बीउ  लिन नगरपालिकाकाे अनुराेध

५० प्रतिशत अनुदानमा गहुँकाे बीउ  लिन नगरपालिकाकाे अनुराेध

Trulli
ADVERTISEMENT

धादिङ– धुनिवेशी नगरपालिकाले अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले ५० प्रतिशत गहुँको उन्नत जातको बीउ वितरण गर्न लागेकाे हाे ।

आर्थिक वर्ष २०८०/०८१ को कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गहुँको उन्नत डब्लुके १२०४ जातको बीउ वितरण गर्न लागेकाे हाे । धुनिवेशी नगरपालिकाभित्रका इच्छुक कृषकले आवश्यक कागजातसहित १५ दिनभित्रमा आवेदन दिन सकिने जनाएको छ ।

नागरिताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, मागको निवेदन, नगरपालिकामा उपलब्ध गहुँको बीउ चार हजार केजी बीउ वितरण गर्न लागेकाे हाे ।  प्रति केजी ८० रुपैयाँमा पर्ने साे बीउ किसानले ४० रुपैयाँ व्यहाेर्नु पर्ने नगरपालिकाले जनाएकाे छ ।