close

खेर गएका सयपत्रीबाट ल्युटिन निकालेर लाखौं आम्दानी गर्न सकिने

खेर गएका सयपत्रीबाट ल्युटिन निकालेर लाखौं आम्दानी गर्न सकिने

Trulli
ADVERTISEMENT

काठमाडौँ– वनस्पति विभाग काठमाडौँले सयपत्री फूलबाट ल्युटिन निकाल्ने र सौन्दर्य सामाग्री बनाउने निःशुल्क तालिम दिने भएको छ । 

नयाँ तथा प्रयोग भइसकेका फूलबाट सौन्दर्य सामाग्री र खाद्य पुरकको रुपमा उपयोग गर्न सकिने भएकोले नि:शुल्क तालिम दिन लागेको विभागले जनाएको छ । 

बहुउपयोगी सयपत्री फूललाई पूजा एवं सजावटको रुपमा मात्र नभई फूल एवं पातलाई धूपसमेत बनाउन प्रयोग गर्न सकिने र यसमा भएको महत्त्वपूर्ण रसायन ल्युटिनको एन्टिअक्सिडेन्ट गुण भएकाले यसलाई निकाली सौन्दर्य सामाग्री र खाद्य पुरकको रुपमा समेत उपयोग गर्न सकिने विभागको सूचनामा उल्लेख छ ।