close

भाडामा खेती गर्ने कृषकलाई रुरुक्षेत्रको अनुदान

भाडामा खेती गर्ने कृषकलाई रुरुक्षेत्रको अनुदान

Trulli
ADVERTISEMENT

गुल्मी-  रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप अनुदान दिन लागेको हो । 

सूचनाका अनुसार जग्गा भाडामा लिएर खेती गर्ने कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । १५ रोपनीभन्दा जग्ग भाडा लिएर खेती गर्ने कृषकले सो कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

सो जग्गामा एक वर्षीय बाली कम्तीमा पाँच वर्ष र बहुवर्षीय बाली लगाएमा १५ वर्षसम्मको सम्झौता गरेको हुनुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।