close

तारकेश्वरका कृषकलाई अनुदानमा काउम्याट

तारकेश्वरका कृषकलाई अनुदानमा काउम्याट

Trulli
ADVERTISEMENT

काठमाडौं - तारकेश्वर नगरपालिकाले अनुदानमा काउ म्याट वितरण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप स्थानीय कृषकलाई काउम्याट वितरण गर्न लागेको हो । 

नगरपालिकाको अनुसार ६० प्रतिशत अनुदानमा काउम्याट वितरण गर्ने जनाइएको छ । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित नगरपालिकामा आवेदन दिन सक्नेछन् । 

पशु बिमाको प्रतिलिपि, नागरिकताको फोटोकपी तथा निवेदनसहित आवेदन दिन सक्ने छन् । कार्यक्रममा सहभागी भएका कृषकले ४० प्रतिशत लागत व्यर्होनु पर्ने नगरपालिकाले जनाएको छ ।