close

धरानमा ११ गते स्थानीय पर्व बिदा

धरानमा ११ गते स्थानीय पर्व बिदा

Trulli
ADVERTISEMENT

सुनसरी– धरान उपमहानगरपालिकाले स्थानीय बिदा दिने भएको छ । उपमहानगरले शुक्रबार एक सूचना जारी गर्दै ११ गते सार्वजनिक बिदा दिने जानकारी दिएकाे हाे ।

उपमहानगरकाे एक सूचना अनुसार नगर प्रमुखस्तरीय निर्णयाअनुसार कार्तिके पूर्णिमा (बराहक्षेत्र मेला) को अवसरमा स्थानीय बिदा दिन लागेको हाे ।

अत्यावश्यक सेवा बाहेक नगर कार्यापालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था/कार्यालय र धरानस्थित शैक्षिक संस्थासमेत उक्त दिन स्थानीय बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ ।