close

जिविकोपार्जनका लागि कृषि विकास कार्यक्रम

जिविकोपार्जनका लागि कृषि विकास कार्यक्रम

Trulli
ADVERTISEMENT

ललितपुर–  बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विकास निर्देशनालय अन्तर्गत कृषि ज्ञान केन्द्रले कृषि विकास कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । दोस्रो पटक प्रकाशित सूचनाअनुसार मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो ।

आइतबार प्रकाशित सूचनाअनुसार कृषि ज्ञान केन्द्र, ललितपुरको चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत खाद्य प्रणाली रुपान्तरणका लागि मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको हो । खाद्य प्रणली रुपान्तरणका लागि मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम ४९ लाख रुपैया बजेटमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको क्षेत्रमा सञ्चालन हुने भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 इच्छुक कृषक समुह/कृषि सहकारी/निजी कृषि फर्मले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।