close

साबुन बनाउने तालिम दिँदै महाकाली

साबुन बनाउने तालिम दिँदै महाकाली

Trulli
ADVERTISEMENT

दार्चुला– महाकाली नगरपालिकाले सीप विकास तालिम सञ्चालन गर्ने भएको छ । आइतबार सूचना जारी गर्दै बेरोजगार युवालाई साबुन बनाउने तालिम दिने जनाएको छ । 

उद्यम विकास शाखा दार्चुलाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार बेरोजगार १० जना युवालाई तालिम दिन लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र कार्यरत सहकारी संस्था, व्यक्तिगत फर्मले आवेदन दिन सकिनेछ ।

साबुन बनाउने सीप विकास तालिम लिन इच्छुकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले सूचित गरेको छ ।