close

वालिङले सार्वजनिक सुनुवाई गर्ने

वालिङले सार्वजनिक सुनुवाई गर्ने

Trulli
ADVERTISEMENT

स्याङ्जा– वालिङ नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।

स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ यही मंसिर १८ गते वडा नम्बर ४ वालिङमा हुने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै चालु आव २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरिने भएको हुँदा स्थानीय राजनीतिक दल, संघ संस्था, उपभोक्ता समिति, सरोकारवाला, कर्मचारीलगायत स्थानीयलाई उपस्थितिका लागि अनुरोध गरेको छ । 

स्थानीय सरकारले गरेका काम कारवाहीको बारेमा सेवाग्राहीको सल्लाह, सुझाव, गुनासा सुन्ने माध्यमको रुपमा समेत सार्वजनिक सुनुवाइलाई लिइन्छ ।  सोको माध्यमबाट स्थानीय सरकारले गरेको काम, कार्बाहीको वारेमा आम नागरिकहरूलाई जानकरी गराउने र पृष्ठपोषण संकलन गर्न मद्दत पुग्दछ ।