close

काठमाडौं महानगरले माग्यो २३० जना कर्मचारी

काठमाडौं महानगरले माग्यो २३० जना कर्मचारी

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्ने सुपरिवेक्षक तथा गणक करारमा लिने भएको छ । महानगरले शनिबार सूचना जारी गर्दै करारमा २१ जना सुपरिवेक्षक र २०९ जना गणक माग गरेको हो ।

काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि योग्यता पुगेका इच्छुक नेपालीले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । 

सुपरिवेक्षक पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ ।

गणक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने उल्लेख छ । 

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०।०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रममार्फत महानगरले करारमा कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।