close

समाचार चोरी हुने नेपालमा सूचनासमेत चोरी !

समाचार चोरी हुने नेपालमा सूचनासमेत चोरी !

Trulli
ADVERTISEMENT

अछाम- एउटा सूचना कति शब्दको हुन्छ ? अधिकतम १५० शब्दसम्मको होला । अथवा एउटा सूचनासमेत लेख्न अल्छी लाग्यो भने सजिलो तरिका छ, अरुको चोर्ने अनि प्रकाशन गरिदिने । 

मेल्लेख गाउँपालिकाले प्रकाशन गरेको सूचना ठ्याक्कै यस्तै प्रकृतिको छ । कैलालीको घोडाघोडी नगरपालिकाको कार्यक्रमसँग मिल्दोझुल्दो सूचना चोर्‍यो, पालिकाको नामसमेत नफेरी प्रकाशन गरिदियो । मंसिर १७ गते गाउँपालिकाले जारी गरेको ‘पुनः एकीकरण कार्यक्रममा सुचिकृत बारे’ जारी गरेको सूचना घोडाघोडीबाट कपि गरेको पाइएको हो  । 

सूचना लेख्नेले त चोर्‍यो तर हस्ताक्षर गर्ने प्रमुख प्रशासकीय अधिकृत ध्रुबप्रसाद सापकोटाले समेत थाहा पाएनन् । सिंधै हस्ताक्षर गरिदिए । जब शेयर गरिएको सामाजिक सञ्जालमा ‘समाचार चोरी हुने नेपालमा सूचनासमेत चोरी’ लगायत गालीसहितका कमेन्ट आउन थाल्यो तब गाउँपालिकाले सूचनानै डिलेट गर्नु परेको छ । 

गाउँपालिकाका अनुसार उक्त सुचना रोजगार संयोजक बिक्रम भण्डारीले तयार पारेका थिए ।