close

च्याउ पकेटलाई निरन्तरता दिँदै धरान

च्याउ पकेटलाई निरन्तरता दिँदै धरान

Trulli
ADVERTISEMENT

सुनसरी - धरान उपमहानगरपालिकाले च्याउ पकेट कार्यक्रमलाई निरन्तरता दिने भएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम निरन्तरता दिन लागेको हो । 

सूचनाका अनुसार संघीय सरकारको सर्सत अनुदानमार्फत प्रधानमन्त्री कृषि आधुनिक परियोजनामार्फत गत आव २०७९र ०८० मा स्वीकृत फार्महरुलाई निरन्तरता दिन लागेको हो । सो फार्महरुले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । 

उपमहानगरपालिकाको अनुसार पाँच वटा फार्मले सो कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।