close

चौदण्डीगढीले ७५ प्रतिशत अनुदानमा पानी तान्ने मोटर जडान गर्ने

चौदण्डीगढीले ७५ प्रतिशत अनुदानमा पानी तान्ने मोटर जडान गर्ने

Trulli
ADVERTISEMENT

उदयपुर– चौदण्डीगढी नगरपालिकाले अनुदानमा स्यालो टयुबेल तथा मोटर जडान गरिदिने भएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै ७५ प्रतिशत अनुदानमा स्यालो ट्युबेल तथा मोटर जडान गरिदिन लागेकाे हाे ।

आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकारबाट अनुदान स्वरुप प्राप्त स्यालो ट्युबेल तथा मोटर जडान कार्यक्रम सञ्चालन गर्ने भएको जनाएको छ । स्यालो ट्युबेल तथा मोटर जडानको लागि २५ थान नगरपालिकाले ७५ प्रतिशत अनुदानमा दिने नगरपालिकाको सूचनामा उल्लेख छ ।

नगरपालिकाका इच्छुक कृषक, कृषि फर्म र कृषक समूहले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।