close

जग्गा वर्गीकरणमा छुटेका स्थानीयलाई घिरिङको आग्रह

जग्गा वर्गीकरणमा छुटेका स्थानीयलाई घिरिङको आग्रह

Trulli
ADVERTISEMENT

तनहुँ– घिरिङ गाउँपालिकाले पालिका क्षेत्रभित्रको जग्गा वर्गीकरण गरिरहेको छ । वर्गीकरणमा छुट भएका स्थानीयलाई दोस्रो पटक सूचना जारी गर्दै सहभागिता जनाउन गाउँपालिकाले सूचित गरेको छ ।

‘घिरिङ गाउँपालिकाको जग्गा वर्गीकरण सम्बन्धी कार्यविधि २०७९’ बमोजिम गाउँपालिका क्षेत्रभित्रको जग्गाहरुको कित्तागत वर्गिकरण गरेर विवरण सम्बन्धित वडामा पठाएको जनाएको छ ।

प्रतिवेदनअनुसार कसैको जग्गाको वर्गीकरण गर्न छुट भए १५ दिनभित्रमा आवश्यक कागजातसहित सम्बन्धित वडामा गई जानकारी लिन गाउँपालिकाले अनुरोध गरेको छ ।