close

९० प्रतिशत अनुदानमा किविको विरुवा

९० प्रतिशत अनुदानमा किविको विरुवा

Trulli
ADVERTISEMENT

दोलखा– वैतेश्वर गाउँपालिकाले अनुदानमा किवि ग्राफ्टेड विरुवा वितिरण गर्ने भएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै ९० प्रतिशत अनुदानमा किवि ग्राफ्टेड विरुवा वितरण गर्ने भएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत अनुदानमा किविको विरुवा वितरण गर्ने जनाएको छ । ९० प्रतिशत अनुदानमा किवि ग्राफ्टेड विरुवा लिन इच्छुक कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाले २१ दिनभित्रमा आवश्यक कागजातसहित सम्बन्धित वडामा आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।