close

दमकमा माटो परीक्षण शिविर सञ्चालन हुने

दमकमा माटो परीक्षण शिविर सञ्चालन हुने

Trulli
ADVERTISEMENT

झापा– दमक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिका र कृषि ज्ञान केन्द्रको समन्वयमा माटो परीक्षण शिविर सञ्चालन गर्ने भएको हो ।

नगरपालिकाले शुक्रबार सूचनामार्फत् कृषि ज्ञान केन्द्रसंगको समन्वयमा माटो परीक्षण शिविर सञ्चालन गर्ने जनाएको छ । सो कार्यक्रममा इच्छुक कृषक समुह, कृषि फर्म तथा कृषि सहकारी र टोल विकास संस्थाले माटोको नमुना परीक्षण गर्न सकिने जनाएको छ ।

माटो परीक्षण पुस ११ गते नगरपालिकामा बिहान १० बजेदेखि ३ बजेसम्म हुने जनाएको छ ।