close

पशुपालन तथा फलफुल खेतीमा महागढीमाईकाे अनुदान

पशुपालन तथा फलफुल खेतीमा महागढीमाईकाे अनुदान

Trulli
ADVERTISEMENT

बारा– महागढीमाई नगरपालिकाले पशुपक्षी पालन तथा फलफुल खेतीमा अनुदान दिने भएको छ । नगरपालिकाले गाई, कुखुरा तथा फलफुल खेतीमा अनुदान दिन लागेकाे हाे । 

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमअनुसार कृषितर्फ गाई, कुखुरा पालन तथा फलफुल खेतीमा अनुदान दिन लागेकाे एक सूचनामार्फत जनाएकाे छ ।

इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी, पशु फर्म, कुखुरा फर्म, कृषि उद्यमी, संघसंस्था तथा सरोकारले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।