close

कुमाखमा दुई दिने निःशुल्क आँखा शिविर

कुमाखमा दुई दिने निःशुल्क आँखा शिविर

Trulli
ADVERTISEMENT

सल्यान– कुमाख गाउँपालिकाले आँखा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले दुई दिन निःशुल्क आँखा शिविर सञ्चालन गर्न लागेकाे हाे ।

गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका मोतीबिन्दु तथा अन्य आँखाका बिरामीको चेकजाँच गर्न शिविर सञ्चालन गर्ने जनाएकाे हाे । साे शिविरमा आँखाका बिरामीको चेकजाँच र शल्यक्रिया हुने सूचनामा उल्लेख छ ।

उक्त शिविर पौष १२ र १३ गते दुईदिन बिहान १० बजेदेखि ४ बजेसम्म आँखा उपचार केन्द्रमा हुने जनाएको छ ।