close

गौशालाले निःशुल्क आँखा शिविर गर्ने

गौशालाले निःशुल्क आँखा शिविर गर्ने

Trulli
ADVERTISEMENT

महोत्तरी– गौशाला नगरपालिकाले मोतिबिन्दु न्युनीकरण अभियान सञ्चालन गर्ने भएको छ । मोतिबिन्दु न्युनीकरणकरण अभियान अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गर्न लागेकाे हाे।

रेयुकाई एईको मासुनामा आँखा अस्पतालको प्राविधिक सहयोग तथा नगरपालिकाको आयोजनामा यहि पुस १७, १८ र १९ गते सञ्चालन हुने सूचनामा उल्लेख छ ।

स्वास्थ्य चौकी लक्ष्मीनिया पुस १७ गते, स्वास्थ्य चौकी भरतपुरमा पुस १८ गते र प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा १९ गते स्थानीयले सेवा लिन सकिने नगरपालिकाले जनाएको छ ।