close

जाडो बढेसँगै यमुनामाईमा बिदा

जाडो बढेसँगै यमुनामाईमा बिदा

Trulli
ADVERTISEMENT

रौतहट– यमुनामाई गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिने भएको छ । गाउँपालिकाले बढ्दै गरेको चिसो तथा शितलहरले बालबालिकाको स्वास्थ्यमा असर पार्ने भएकोले जाडो बिदा दिएकाे हाे । 

बालबालिकाको स्वास्थ्यमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कटौती हुने गरी चार दिन बिदा दिने गाउँपालिकाको सूचनामा उल्लेख छ ।

विद्यालयको दैनिक प्रशासनिक कार्य सञ्चालन हुने गरी पठनपाठन बन्द गर्न लागेको गाउँपालिकाले जनाएको छ ।