close

मकै प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै सैनामैना

मकै प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै सैनामैना

Trulli
ADVERTISEMENT

रुपन्देही– सैनामैना नगरपालिकाले मकै प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को सशर्तको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत मकै प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

नगरपालिकाअन्तर्गत कृषि विकास शाखामा दर्ता भएका कृषि सहकारी, कृषक समूह र कृषि फर्मलाई लक्षित गर्दै मकै प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

१० हेक्टरमा मकै लगाउन इच्छुक कृषि सहकारी, कृषक समूह र कृषि फर्मले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।