close

भेरीगंगाले माग्याे दुई जना कर्मचारी

भेरीगंगाले माग्याे दुई जना कर्मचारी

Trulli
ADVERTISEMENT

सुर्खेत– भेरीगंगा नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले सूचना प्रविधि अधिकृत र पशु चिकित्सकमा दुई जना कर्मचारी माग गरिएको जनाएको छ ।

नगरपालिकामा रिक्त रहेको पदमा सेवा करारमा सूचना प्रविधि अधिकृत एकजना र पशु चिकित्सक एकजना गरी दुई जना कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।

इच्छुक नेपाली नागरिकले १५ दिनभित्रमा तोकेको राजश्व बुझाएको नगद रसिद र आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।