close

निःशुल्क क्यान्सर स्क्रिनिङ्ग हेल्थ क्याम्प  गर्दै राप्ती

निःशुल्क क्यान्सर स्क्रिनिङ्ग हेल्थ क्याम्प  गर्दै राप्ती

Trulli
ADVERTISEMENT

दाङ– राप्ती गाउँपालिकाले नि:शुल्क क्यान्सर स्क्रिनिङ्ग हेल्थ क्याम्प सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले क्यान्सर रोगकाे उपचार गराइरहेका बिरामीलाई  लक्षित गरी एक दिने निशुल्क  क्यान्सर स्क्रिनिङ्ग हेल्थ क्याम्प सञ्चालन गर्न लागेकाे हाे । 

गाउँपालिकाको आयोजना र शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा १३ गते शनिबार उक्त क्याम्प सञ्चालन हुने एक सूचनामा उल्लेख छ ।

शिविर गाउँपालिकाकाे सिसहनिया स्वास्थ्य चौकीमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म  सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।