close

प्राविधिक शिक्षा अध्ययन गर्नेलाई ५ हजार रुपैयाँ

प्राविधिक शिक्षा अध्ययन गर्नेलाई ५ हजार रुपैयाँ

Trulli
ADVERTISEMENT

नवलपरासी– बौदीकाली गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने जनाएको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै छात्रवृत्ति वितरण गर्ने जनाएकाे हाे । 

साे  सूचनाका अनुसार जेहेन्दार तथा विपन्न विद्यार्थीलाई पाँच हजार रुपैयाँका दरले त्रैमासिक रुपमा छात्रवृत्ति वितरण गरिने जनाएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत ‘मेरै गाउँमा मेरै प्राविधिक’ कार्यक्रम बाट स्थायी बसोबास गर्ने सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने सूचनामा उल्लेख छ । विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मासिक पाँच हजार रुपैयाँका दरले वितरण गरिने जनाएको छ ।

इच्छुक विद्यार्थीले १५ दिनभित्रमा एसइइ उत्र्तीर्ण गरेको ग्रेडसिट र प्रमाणपत्रको प्रतिलिपि र आवश्यक काजगतसहित शिक्षा युवा तथा खेलकुद शाखामा आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।