close

इटहरीमा कटन क्याण्डी बेच्न रोक

इटहरीमा कटन क्याण्डी बेच्न रोक

Trulli
ADVERTISEMENT

सुनसरी - इटहरी उपमहानगरपालिकाले अखाद्य कटन क्याण्डी तथा लेबल बिना बस्तुहरुको बिक्री वितरणमा रोक लगाएको हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सो सामग्री बिक्री वितरणमा रोक लगाएको जनाएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुल्ला रुपमा बेचिन कटन क्यान्डीको नमुना परिक्षण गर्दा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने  ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएपछि उपमहानगरपालिकाले बिक्री वितरणमा रोक लगाएको सो सूचनामा उल्लेख गरिएको छ । 

बालबालिकालाई लक्षित गरी बिक्री वितरण हुने सो कटन क्यान्डी तथा बिक्री वितरण नगर्न र लेबल नगरको सामग्री वितरण नगर्न स्थानीय बासिन्दालाई अनुरोध समेत गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताद्धारा जारी सो सूचनामा उल्लेख गरिएको छ...सूचनाको अवज्ञा गरी प्रतिबन्धित वस्तुहरु बिक्री गरिइएको पाइएमा सो वस्तुहरु जफत कानूनबमोजिम कारबाही हुने व्यहोरा गरिएको छ।