close

ड्राइभिङ तालिमको लागि प्रस्तावना माग

ड्राइभिङ तालिमको लागि प्रस्तावना माग

Trulli
ADVERTISEMENT

पाँचथर - कुम्मायक गाउँपालिकाले ड्राइभिङ  सञ्चालनको लागि प्रस्तावना आव्हान गरेको छ । गाउँपालिकाले एक सूचना जारी गरी ड्राइभिङ तालिम सञ्चालन गर्नको लागि प्रस्ताव माग गरेको हो । 
 
गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप तालिम सञ्चालन गर्नको लागेको हो । सोका लागि गाउँपालिकाले चालु आवमा तीन लाख रुपैयाँ बजेट गरिएको गाउँपालिकाले जनाएको छ । 

सूचनाका अनुसार तालिम प्रदायक संस्थाले प्रतिदिन घण्टा, दररेट, लाभग्राहीको संख्या र प्रतिस्प्रर्धा गर्ने क्षमताबारे स्पष्ट उल्लेख गरी आवेदन दिन सक्ने छन् ।