close

नेपालमा नौलो अभ्यास : ललितपुरमा सेयर साइकल

नेपालमा नौलो अभ्यास : ललितपुरमा सेयर साइकल

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले सेयर साइकल कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७९/०८० बाट उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने महानगरको योजना छ । 

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार सेयर साइकलका लागि पालिकाभित्रका विभिन्न स्थानमा साइकल पार्क बनाइनेछ । आवश्यक पर्ने व्यक्तिले निश्चित रकम तिरेर साईकल प्रयोग गर्न पाउनेछन् । 

‘पार्कको साइकल लिएर आवश्यक पर्ने स्थानमा जान सक्नेछन,’ उनले पालिका खबरसँग भने, ‘काम सकिएपछि साइकल पार्कमा ल्याएर राख्नु पर्नेछ ।’ 

सुरक्षाको लागि साइकलमा जिपिएस लागू हुने उनले पालिका खबरसँग बताए । यसले साइकल कुन स्थानमा छ भनेर थाहा पाउन सक्ने उनले सुनाए । साइकल प्रयोग गर्नेले प्रतिघण्टा वा दूरीको आधारमा सेवा शुल्क निर्धारण गरिने उनले बताए । 

नेपालको लागि सो कार्यक्रम नौलो भए पनि अन्तराष्ट्रिय क्षेत्रमा पुरानै अभ्यास भएको उनी बताउँछन् । उनका अनुसार वातावरणलाई सफा राख्न,  साइकल मैत्री वातावरणको निर्माण गर्नको लागि उक्त कार्यक्रम ल्याइएको हो । 

सो विषयमा छलफल भइरहेको र पारित भएपनि लागूमा ल्याउने उनले बताए । कार्यक्रमले साइकल प्रयोगकर्ताको वृद्धि हुने र पेट्रोलियम खपतमा कमी आउने विश्वास व्यक्त गरे । 

पालैपालो गरेर एउटै साइकल प्रयोग गर्नु सेयर साइकल हो । यसमा साइकललाई आवश्यकता अनुसार जोसुकै व्यक्तिले प्रयोग गर्न पाउँछ । साइकल प्रयोग गरेवापत निश्चित पैसा तिनुपर्ने हुन्छ ।