close

जरिबुटेमा पर्यटन पूर्वाधार बनाउँदै मिक्लाजुङ

जरिबुटेमा पर्यटन पूर्वाधार बनाउँदै मिक्लाजुङ

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरको मिक्लाजुङ गाउँपालिकाको गौरवको आयोजना जरिबुटेमा पर्यटन पूर्वाधार निर्माण अगाडि बढाएको छ ।


आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले जरिबुुटेमा बुद्धपार्क बनाउँदै छ । पर्यटन विकासका लागि जरिबुटेका १० स्थानमा वातावरण प्रभाव मूल्यांकन गरिसकिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए ।


उनले भने, ‘मिक्लाजुङको चारधाम बनाउने योजना अघि सारका छौँ । बुद्धपार्क निर्माण सकिएलगत्तै शिव, फाल्गुनन्द र इमानसिंहको मूर्ति बनाउँछौँ ।’ यो ठाउँबाट विभिन्न हिमशृंखलासहित सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

 

गाउँपालिकाले तीन वर्षदेखिको योजना कार्यान्वयन सुरु गरेको अध्यक्ष माखिमले जानकारी दिए । प्रदेश तथा संघीय सरकारको सहयोगमा जरिबुटेमा १ सय क्विन्टल धातुको ४५ फिट अग्लो बुद्धको मूर्ति राख्ने काम भइरहेको छ, नेपालकै सबैभन्दा ठूलो हुनेछ ।


गाउँपालिकाले बुद्धको मूर्ति बनाउन ३ करोड र पार्क निर्माण गर्न १ करोड १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । ‘साझेदारी लगानीमा प्रदेशले १ करोड र यसपालि संघीय मन्त्रालयले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ’, अध्यक्ष माखिमले भने ।


जरिबुटे भ्रमण गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा यो क्षेत्रका प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले महत्त्पूर्ण पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासको कामले गति लिएको दाबी गरे । ‘यो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार तथा प्रचारको काम गरिरहेका छौँ’, आङ्बोले भने । प्राकृतिक रूपमा सुन्दर जरिबुटे डाँडासम्म सडक पुगेको छ । नजिकै बेहुलीढुंगालगायतका गन्तव्य छन् ।