close

एक रुपैयाँको नोटसँगै हरायो चंखे हिमालको चर्चा

एक रुपैयाँको नोटसँगै हरायो चंखे हिमालको चर्चा

Trulli
ADVERTISEMENT

मुगु– कर्णाली प्रदेशको एक हिमाली जिल्ला मुगुमा सांस्कृतिक, भेषभूषा, तालतलैया, हिमाललगायत दर्जनाँै पर्यटक स्थल छन् । तर, पर्यटक स्थल स्थानीय, प्रदेश, संघीय सरकारको नजर नपर्दा ओझेलमा परेका छन् ।


छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमाल ऐतिहासिक महत्त्वको रहे पनि प्रचार अभावले ओझेलमा परेको हो । चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटरको उचाइमा छ ।


स्वर्गीय राजा वीरेन्द्र २०४० मा सिकार खेल्ने क्रममा चंखेली हिमाललाई नेपाली १ रुपैयाँको नोटमा अंकित गरेका थिए । तर, राजा वीरेन्द्रको निधनपछि चंखे हिमालको वर्णन पनि सेलाएको स्थानीय सुनाउँछन् ।

 

विशेषगरी चंखेली हिमालको मुख्य विशेषता भनेकै यसको टुप्पोमा पुगेपछि नेपालकै ठूलो राराताल, चुचेमार, मुर्माटप, मुगु कर्णाली नदी, हुम्ला, जुम्लाका केही स्थानीय तहका बस्तीसमेत अवलोकन गर्न सकिन्छ ।


सदरमुकाम गमगढी बजारदेखि गाडी, मोटरसाइकलबाट ३ घन्टामा चंखेली हिमालको फेदसम्म र त्यहाँदेखि २ घन्टा पैदल यात्रा गर्न सकिन्छ । अहिले पनि चंखेली हिमालमा रमाउने स्थानीयको जमात मनग्य छ ।


हिमालको टुप्पोबाट देखिने विभिन्न स्थानका दृश्यले चंखेलीलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन सकिने आन्तरिक पर्यटक पदमबहादुर महत बताउँछन् ।


चंखेली हिमालको फेदमा साना काठको टहरमा होटल व्यवसाय गर्दै आएका व्यवसायीले विगतभन्दा यो वर्ष चंखेली घुम्न आउनेको संख्या कम रहेको बताए ।